११ श्रावण २०८३, सोमबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषण गरेको छ । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट दिनु पर्ने लाभांश कम्पनीले घोषणा गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको २.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरीने छ ।