ग्लोबल आइएमई र एनएमबि लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्ने « Arthapath.com
२८ पुष २०७९, बिहीबार

ग्लोबल आइएमई र एनएमबि लघुवित्तले चैत मसान्तभित्र साधारण सभा गर्ने



काठमाडौं । २ लघुवित्तहरुले पनि पुष मसान्तभित्र साधारण सभा गर्ने नसकिने बताएका छन् । ग्लोबल आइएमई लघुवित्त र एनएमबि लघुवित्तले पुष भित्र साधारण सभा गर्ने नसकिने बताएका हुन ।

ग्लोबल आइएमई लघुवित्तको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरणहरु बाह्य लेखापरीक्षकबाट लेखापरिक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकने हुनाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवरणहरु राष्ट्र बैंकमा पेश नभएको हुदाँ पुष मसान्त भित्र साधारण सभा नगर्ने बताएको हो ।

एनएमबि लघुवित्तको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक वित्तीय विवतरणहरु बाह्य लेखापरीक्षकबाट लेखापरिक्षण कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्रक्रायामा रहेको हुदाँ पुष मसान्त भित्र साधारण सभा नगर्ने बताएको हो ।

बैंक लघुवित्तले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक साधारण सभा २०७९ चैत मसान्त भित्र सम्पन्न गर्ने जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्