९१ प्रतिशत शेयरधनीहरुको उपस्थितिमा टेलिकमको साधारण सभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित « Arthapath.com
२८ पुष २०७९, बिहीबार

९१ प्रतिशत शेयरधनीहरुको उपस्थितिमा टेलिकमको साधारण सभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा आज (पुष २८ गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

साधारणसभामा करिब ९१.६ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७८।७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी, साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष. २०७९÷८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

पन्ध्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज (२०७९ पुस २८ गते) देखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्