अस्पताल भरिएपछि संक्रमित विद्यालयमा राखियो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अस्पताल भरिएपछि संक्रमित विद्यालयमा राखियो



वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो । संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरू घरमै बसेका थिए । बुधबार राति थपिएका तीन जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्