साढे २२ हजारको पीसीआर परीक्षण, आइसोलेसनमा २७२ जना
काठमाडौं । नेपालमा हालसम्म २२ हजा ६६४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले बिहीबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा एक हजार ३६३ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको बताए ।
उनले हालसम्म आरडीटी परीक्षण ६२ हजार ३२७ जनामा गरिएको जानकारी दिए । आज देशैभरका क्वारेन्टाइनमा १५ हजार ६ सय जना रहेको मन्त्रालयले जनाएको छ । देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा कोरोना संक्रमण देखिएका र आशंका गरिएका आज २७२ जना रहेका छन् ।
काठमाडौं महानगरपालिका १३ का फलफूल व्यापारी, तरकारी तथा फलफूल ढुवानी, सफाई कर्मचारीलगायतका सात सयको आरडीटी र तीन सय जनाको पीसीआर परीक्षण गर्ने लक्ष्यसहित नमुना संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २४६ छ । हालसम्म कोरोना निको हुनेको संख्या ३५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण देखिएको सबैभन्दा बढी २० देखि ५० वर्षका मानिसमा देखिएको हुँदा कोरोना संक्रमण हुँदैन भनेर लापरबाही नर्गन मन्त्रालयका प्रवक्ता डा। देवकोटाले अनुरोध गरे ।















