अन्तरजिल्ला सवारी पास पनि खारेज
काठमाडौँ । गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने भएको छ ।
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।
गृहमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको कुरा गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए । उपत्यकाभित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियामक निकाय र उपत्यकाबाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकायले जारी गरेको भए सोही अनुसार हुने, नभए जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी गरिने स्पष्ट गरे ।















