सांग्रिला डेपलभमेन्ट बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेपलभमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
बैंकले रिकभरी अफिसर पद अन्तर्गत एसआर एसिस्टेन्ट, सुपरवाईजर र जेआर अफिसर .र प्रधान कार्यालय बालुवाटार, काठमाडौंको लागि सुपरभाइजर र जेआर अफिसर माग गरेको हो । जसका लागि शैक्षिक योग्यतास्नाकोत्तर तह उत्तिर्ण गरेको तथा अन्य बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १३ गते भित्र बैकको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
