लाभांश पारितका लागि शिखर इन्स्योरेन्सले बोलायो माघ २५ गते साधारण सभा, बुक क्लोज कहिले ?
लाभांश पारितका लागि शिखर इन्स्योरेन्सले बोलायो माघ २५ गते साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा माघ २५ गते १७ औं र १८ औं सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७७।०७८ र २०७८।०७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७९।०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूची समेत सभाको हरेको छ । त्यसका साथै, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।













