फरवार्ड माइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
संस्थाले सहायक अधिकृतमा २ जना, परियोजना प्रमुखमा १ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता विभिन्न विषय लिई स्नातक तह उत्तिर्ण हुनु पर्ने तथा अनुभवि कर्मचारी हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १९ गते भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।

