नेशनल माइक्रोफाइनान्स लघुवित्तले ३८.५ प्रतिशत बोनस दिने « Arthapath.com
९ माघ २०७९, सोमबार

नेशनल माइक्रोफाइनान्स लघुवित्तले ३८.५ प्रतिशत बोनस दिने



काठमाडौ. । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांश छुट दिने बताएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक बाट स्वीकृत भई कम्पनीको आगाडि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्