आरएसडिसी लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा, छैन भने यसो गर्नुहोस् « Arthapath.com
११ माघ २०७९, बुधबार

आरएसडिसी लघुवित्तको नगद लाभांश सेयरधनीको खातामा, छैन भने यसो गर्नुहोस्



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुको खातामा लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीले पुष २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ३ प्रतिशत नगद लाभांश सम्बन्धी सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको सेयरधनीको खातामा नगद लाभांश जम्मा भइसकेको र हालसम्म पनि शेयर भौतिक रुपमा नै शेयर प्रमाण पत्र राखेका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन भनेको छ ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र सेयरधनीको खातामा नगद लाभाश पठाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्