नेरुडे लघुवित्तको लाभांश सुरक्षित कहिलेसम्म गर्ने सकिन्छ ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगर २ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा गत आर्थिक वर्षको मुनाफा आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।