तपाईको खातामा आयो त फरवार्ड लघुवित्तको लाभांश ?

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत वितरण गर्ने सुरु गरेको हो ।
कम्पनीको पुष ३० गतेस सम्पन्न १० औं वार्षिक साधारण सभाले कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो । माघ १५ गतेदे बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।
बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण हुनेछ । हालसम्म बैंक खाता हितग्राही खाता अद्यावधिक नगराएका सदस्यहरुलाई यथाशिघ्र गराउन समेत कम्पनीले भनेको छ । उक्त अद्यावधिक नगराएसम्म लाभांश पठाउने छैन । कम्पनीको शेयर रजिष्ट्रारमा भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
्