साना किसान विकास र आरएमडीसी लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि बैंकले सैद्धान्तिक सहमति दिएको हो ।
राष्ट्र बैंकले विभिन्न शर्तहरु सहित यी दुई लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनीले १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन ।
आरएमडीसी लघुवित्तको १०० कित्ता शेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता शेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।