८ श्रावण २०८३, शुक्रबार

नाडेप लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १८ गते बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित भएपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्