८ श्रावण २०८३, शुक्रबार

लाभांश पारित गर्न निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा फागुन १२ गतेका लागि बोलाएको छ । सभासंस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, यस संस्थाको प्रबन्धपत्र संशोधन गर्न परेमा त्यसको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्