सांसद अरुण चौधरी कारागार चलान « Arthapath.com
२० माघ २०७९, शुक्रबार

सांसद अरुण चौधरी कारागार चलान



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्ज लगेको थियो। नेपालगञ्जबाट काठमाडौं लगेर त्यहाँबाट बिहिबार नै धनगढी ल्याइएको थियो। चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेको खुलेको छ।

१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।


प्रतिक्रिया दिनुहोस्