राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ ‘क्यान’ले आवेदक २४ जनामध्ये देसाईलाई नै मुख्य प्रशिक्षकका रूपमा नियुक्तगरेको हो । देसाईले सन् २०१७ मा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि देसाई नेपाली टिमसँग आबद्ध थिए ।
देसाईले अफगानिस्तान र युनाइटेड अरब इमिरेट्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।













