राजपुरा पछाईले ८ औँ सीओएएस ओपन म्याराथनमा जिते याडिया एसलाइक
काठमाडौं । याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले२६०औँ नेपाली सेना दिवसको अवसरमा आयोजित ८औँ सीओएएस ओपन म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको थिय।
प्रधान सेना प्रमुख (सीओएएस) ले १० किलोमिटर, २१ किलोमिटर र ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन दौडको उद्घाटन गरेका थिए । साथै, कुजु नेपाल प्रा.लि.ले महिलातर्फबाट २१ किलोमिटर दुरीको विजेताका लागि ‘याडिया’ एस–लाईक प्रायोजन गरेको थिए ।
जहाँ नेपाल प्रहरीका राजपुरा पछाईले १ १४ ३४ घण्टामा दौड पूरा गरी म्याराथन जिती प्रधानसेनापति प्रभु राम शर्मा – नेपाली सेना र प्रबन्ध निर्देशक कुजु नेपाल प्रा.लि.का उमीद श्रेष्ठ बाट ‘याडिया’ एस– लाईक प्राप्त गरेका छन ।
याडिया नेपालले नेपालमा आफ्नो विश्वव्यापी प्रिमियम मोडलहरू लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ, र नेपालमा रहेको याडिया ब्राण्ड को ई स्कूर्टरहरु बारेमा
C1S – रु.३७०,०००/- (८० कि.मि. दायरा)
G5 – रु. ३५०,०००/- (८० कि.मि. दायरा)
S-लाइक- रु२५५,०००/- (६० कि.मि. दायरा)
विश्व बजारमा याडियाको ९० भन्दा बढी देशहरूमा ६ करोड् प्रयोगकर्ताहरूका साथै इलेक्ट्रिक मोटरसाइकल,मोपेड, साइकल र किक स्कूटरहरू सहित इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनहरूको विकास र निर्माणमा अग्रस्थान हासिल गरेको छ र ३००० वितरक का साथै ४०,००० शोरुमहरु पनि रहेको छ ।













