सिभिल लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, मासिक तलब कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले विभिन्न विभाग, सूचना प्रविधि /वित्त /आन्तरिक लेखा परीक्षण/कर्जा विभाग, अनुगमन अधिकृत/कलस्टर प्रमुख (फिल्ड)/विभाग, अनुगमन अधिकृत/कलस्टर प्रमुख (फिल्ड) । शाखा कार्यालय प्रमुख/विभागमा केही संख्यामा कर्मचारी मागेको छ । साथै, कनिष्ठ सहायक (फिल्ड सहायक) मा केही र कार्यालय सहयोगिमा १ जना कर्मचारी मागेको छ ।
जसका लागि कम्पनीले शैक्षिक योग्यता न्यूनतम एलएलसीदेखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा अनुभवि कर्मचारी मागेको छ । तलब भने बैंक तथा वित्तीय सस्थाको नियमअनुसार हुने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ३ गते) ले १५ दिन भित्र कम्पनीको बेवसाइट र कम्पनीको शाखा कार्यालय र केन्द्रिय कार्यालय चाबहिल काठमाडौंमा आवेदन दिन सकिनेछ ।
