आजसम्म कायम सेयरधनीले मात्र मिथिला लघुवित्तको लाभांश पाउने « Arthapath.com
४ फाल्गुन २०७९, बिहीबार

आजसम्म कायम सेयरधनीले मात्र मिथिला लघुवित्तको लाभांश पाउने



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँफागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १७ करोड ४ लाख ३७ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीलेले फागुन १७ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्