थप २७ संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ४०२ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

थप २७ संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ४०२ पुग्यो



काठमाडौं । मंगलवार थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितहरु १७ देखी ४२ बर्ष उमेर समुहका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।

उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्। डा. देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन्। उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।


प्रतिक्रिया दिनुहोस्