नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २१ हजार २५५ कित्ता संस्थापक सेयर फागुन ५ गतेदेखि विक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १ हजार ११५ मूल्य तोकेर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र गोप्यशिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय धादिङ्गमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने पनि कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्