डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा « Arthapath.com
५ फाल्गुन २०७९, शुक्रबार

डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा



काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ ।

डिशहोमका डिलरहरु मार्फत Fund Transfer भर्च तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा  Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद रु एक लाख नगद उपहार यस अफर मार्पmत जित्नु हुनेछ । यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत Fund Transfer वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र रु २००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।

नेपाल भर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्