काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउन जोड दिएका छन्। उनले जलवायु परिवर्तनका कारण मौसम चुनौतीहरू थप जटिल बन्दै गएको उल्लेख गर्दै अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने धारणा राखे। राष्ट्रिय जल तथा