काठमाडौं । शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न लागेका हुन् । उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए