२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

सहकारीको ऋण नतिरेको अभियोगमा एमाले नेता अर्याल पक्राउ

काठमाडौं । सहकारीको ऋण नतिरेको अभियोगमा एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् । दिगो पर्यटन सहकारी संस्थाबाट २०७४ जेठ ३० गते लिएको ११ लाख ५० हजार रुपैयाँ ऋण वर्षौंसम्म नतिरेपछि अदालतको आदेशमा उनलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो । अर्याल सोही सहकारीको सञ्चालक समितिमा रहेर ऋण लिएका थिए ।