काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकाे आसन्न चीन भ्रमणमा बीआरआईकाे विस्तारित कार्यान्वयन सम्झाैतामा हस्ताक्षर गर्न नहुने धारणा अघि सारेकाे छ। कांग्रेस प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार काठमाडौंमा आयाेजित एक कार्यक्रममा भने,- “हामीले ७ वर्षअघि सैध्दान्तिक समझदारीमा हस्ताक्षर गरेका थियाैं। तर अहिले बहुआयामिक स्वरूपकाे कार्यान्वयन सम्झाैताकाे