काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घोराही सिमेन्ट इण्डष्ट्रिको नोक्सानी बढेको छ । आम्दानी घटेसँगै कम्पनीको नोक्सानी पनि बढेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ५१ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी १९ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा थियो।