एनएमबि लघुवित्तकाे १२ औं वार्षिक साधारणसभा सम्पन्न
एनएमबि लघुवित्तकाे १२ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बुधबार पोखराको होटल सिटी स्क्वायरमा सम्पन्न भएको हो ।
उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।













