काठमाडौं । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन १ गतेसम्म १० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले बताए