काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो । बुधवार १ लाख ४१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।