काठमाडौं । युनियन लाइफ, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । यी तीनै वटा कम्पनी मर्जरमा जान अन्तिम सहमति हुने भएको छ । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । जेठ ३ गते नेपाल बीमा प्राधिकरणबाट मर्जर स्वीकृति पाएका लिएका हुन् ।