काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९९ अकंले बढेर १९५३.३५ बिन्दुमा बन्द भएको हो । पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुदाँ ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको कारोबार भएको छ ।