काठमाडौं । बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय उदघाट्न भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले शो शाखाको कार्यालय उदघाटन गरेका हुन्। उदघाटनपछि मन्त्री शर्माले सुदुरपश्चिममा बीमाको पहुँच वृद्धि हुने बताएका छन् । बीमाको न्युन उपस्थिति रहेको सो क्षेत्रमा अब बीमा समितिको सक्रियता बढ्ने र पहुँचमा वृद्धि हुने उनको भनाइ छ