काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याइएको ४० बोरा (२० क्विन्टल) चिनी बरामद गरेको छ । आइतबार बाह्रदशी गाउँपालिका–३, राजगढ बजारस्थित पशु हाटको खाली सार्वजनिक स्थानमा राखिएको चिनी बरामद गरिएको हो । प्रहरीका अनुसार बरामद चिनीको बजार मूल्य अन्दाजी एक लाख ३० हजार रुपैयाँ