काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारीले अवकाश पाएका छन् । डीसीईओ अधिकारीको ४ बर्षे कार्यकाल सकिएसँगै बैंकबाट अवकाश पाएका हुन् । साढे १६ बर्ष काम गरेका अधिकारी अवकाश पाउँदा बैंकको डेपुटी सीईओ भएर ४ बर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गर्दै बैंकबाट बिदा भएका हुन् ।