१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षे दिए राजिनामा

काठमाडौं : श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । देशमा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिएका हुन् ।