काठमाडौं । नेपाल टेलिकमले भोलि सोमबारदेखि मोबाइल सेवाको गुणस्तर बढाउने भएको छ । ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) भनिने स्तरीय सेवा परीक्षणका रुपमा सुरु गर्न लागिएको टेलिकमले जनाएको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि हाल उपलब्ध गराइरहेको फोरजी÷एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको हो । अन्तरराष्ट्रिय दूरसञ्चार संघ