अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

गेट कलेज विश्वकै उत्कृष्ट ईएचएल विश्वविद्यालयको सञ्जालमा

नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौंस्थित ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले विश्वकै पहिलो र उत्कृष्टमध्ये मानिने ईएचएल (ईएचएल.इडियू) प्राविधिक विश्वविद्यालयबाट औपचारिक सम्बन्धन पाएको छ । विश्वकै सबैभन्दा पुरानो आतिथ्य सत्कार प्राविधिक विश्वविद्यालयका रूपमा रहेको स्वीजरल्यान्डको ईएचएलले काठमाडौंस्थित गेट कलेजलाई नेपालमा आधिकारिक सर्टिफिकेसन कार्यक्रमका लागि छनौट गरेको हो