काठमाडौं । एनसेलले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ को योजना ल्याएको छ । एनसेलको सिमकार्ड भएका विद्यार्थीले आवश्यकताअनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् । विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’अभियानअन्तर्गत ल्याएको हो