काठमाडौं । बिहीबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोवार भईरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९६ हजार निर्धारण गरिएको छ । यसदिन चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा आइपुगेको छ