अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आइएमएफकी प्रबन्ध निर्देशकको राजीनामा स्वीकृत

अन्तराष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टिना लागार्डले पद त्याग गरेकी छिन्। उनको राजिनामा कोष सञ्चालक समितिले स्वीकृत गरेको छ। उनी युरोपेली केन्द्रीय बैंकको प्रमुखमा नियुक्त भएपछि मुद्रा कोष छाडेकी हुन्। उनको राजीनामा आगामी सेप्टेम्बरबाट लागू हुने छ। मुद्रा कोष सञ्चालक समितिले राजीनामा स्वीकृत गर्दै उनले पुर्याएको योगदानको प्रशंसा गरेको छ।