लम्की । टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् । इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल गोलभँेडा निस्कन्छ । पकेट खर्च निकाल्न खेती गरेका विद्यार्थी निराश भएका छन् । ‘‘हामी विभिन्न