धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवक आज अस्पतालबाट डिस्चार्ज भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन्। १२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ