२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरका १२ र चितवनका २ थपिए

काठमाडौं। सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ । जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्के मस्जिदमा लुकेर बसेका १२ जनामा र चितवनमा आमा छोरामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।