नेपाल बैङ्कको सीईओको लागी १९ जनाको आवेदन, कसले मार्ला बाजी ?  « Arthapath.com
१२ कार्तिक २०८०, आईतवार

नेपाल बैङ्कको सीईओको लागी १९ जनाको आवेदन, कसले मार्ला बाजी ? 



काठमाडौं । नेपाल बैङ्कको सीईओ कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएसँगै बैङ्कले नयाँ सीईओको लागी आवेदन माग गरेको थियो । आवेदनको म्याद आज सकिएको छ । 

नेपाल बैङ्कको सीईओको लागी १९ जनाले आवेदन दिएको बैंक स्रोतले बताएको छ । जसमा नेपाल बैंककैं वर्तमान र पूर्व गरी ५ जना रहेका छन् । नेपाल बैङ्कको सीईओको लागी सोही बैंककै कामु सीईओ रहेकी समता पन्त, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल, रिक्स म्यानेजमेन्ट डिपार्टमेन्ट सुन्दर पन्थी रहेका छन् । 

त्यसै गरी नेपाल बैंककै पूर्व डिसिइओ राजुनाथ खनाल र पूर्व चिफ म्यानेजर तिलक पाण्डेले पनि सीईओको लागी आवेदन दर्ता गराएका छन् । त्यस्तै कृषि विकास बैंकका वर्तमान डिजिएम प्रताप सुवेदी, राष्ट्रिय वाणिज्य बैंकका पूर्व डिसिईओ दिवेश लोहनी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य, प्रोफेसर ध्रुर्वचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, तत्कालीन नेपाल बङ्गलादेश बैंकका डिसीईओ सुरेन्द्र भूषण श्रेष्ठ, सिन्धु विकास बैंकका पूर्व सीईओ रमेशराज जोशीले पनि सीईओको लागी आवेदन बुझाएका छन् । 

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अशोक पौडेल, नेपाल एसबिआई बैंकका पूर्व डिजिएम छविराज पन्त, एसविआई बैंकका एसिईओ विष्णुदेव यादव, प्रमोदबाबु तिवारी, विभु प्रसाद अर्याल, रामदेव यादव र शङ्कर केसीले नेपाल बैङ्कको नयाँ सीईओको लागी आवेदन दिएका छन् । नेपाल बैंक सीईओ छनोट समितिले असोज २१ गते २१ दिनको म्याद राखेर विज्ञापन प्रकाशित गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्