विहिबारदेखी खुलेको रिलायन्स लाईफ र समाज लघुवित्तको आइपिओमा मेरो सेयरको भर « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

विहिबारदेखी खुलेको रिलायन्स लाईफ र समाज लघुवित्तको आइपिओमा मेरो सेयरको भर



काठमाडौं । विहिबारदेखी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र समाज लघुवित्तको आइपीओ विक्री सुरु भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोडको आईपीओ सुरु भएको छ । विहिबारदेखीनै उपत्यका लगायतका क्षेत्रमा निषेधाज्ञा जारी भएकाले सेयर लगानीकर्तामा अन्यौलता छाएको छ ।

अनलाइनबाट मात्रै सेयर भर्न सकिनेछ । आइपिओमा जसले मेरो सेयर लिएका छ उनिहरुले र बैंक खुलेको अवस्थामा सि–आश्वाबाट पनि आवेदन दिन सकिनेछ ।

रिलायन्स लाईफ इन्स्योरेन्सले ६३ हजार कित्ता सेयर निष्कासन गरेको छ । रिलायन्सले निष्काशन गरेको सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका र अर्को ५ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ । ५६ लाख ७० हजार कित्ता आईपिओ भने सर्वसाधारणको लागी विक्रीमा खोलेको छ ।

सर्वसाधारणले रिलायन्स र समाज लघुवित्तको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिने म्याद रहेको छ । लगानीकर्ताहरु न्यूनतम १० कित्तादेखि धिकतम ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन । रिलायन्सको आइपीओ बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आगामी भाद्र ८ गतेसम्म सेयर भर्न सकिनेछ । समाज लघुवित्त वित्तिय संस्थाले ८६ लाखको आईपीओ निष्काशन गरेको छ । समाज लघुवित्तको प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको छ । लघुवित्तको एक हजार कित्ता सेयर कर्मचारीलाई ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

मेरो शेयरबाट र सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग पाएको थियो ।


प्रतिक्रिया दिनुहोस्