४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

अन्तिम महिनामा झन् बढ्दैछ सरकारको घाटा: साढे तीन खर्ब नाघ्यो, पुँजीगत खर्च आधा पनि भएन

काठमाडौं । सरकारको बजेट घाटा साढे तीन खर्ब बढी छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा ह्वात्तै बढेको हो । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त चालु आवको असार १९ गतेसम्मको तथ्याङ्कअनुसार बजेट घाटा ३ खर्ब ६४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।