काठमाडौं । नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स झन्डै ३५ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । नेपाल भित्रने रेमिट्यान्स बढ्दो क्रममा देखिएता पनि यहाँबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स भने घट्न थालेको छ । चालु आवको चार महिनामा